सिरहा क्याम्पसमा उल्लासका साथ उम्मेदवारी दर्ता ,स्ववियु निर्वाचन

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

बद्री नारायण यादव
फाल्गुन -३०सिरहा।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सरगर्मीसँगै विभिन्न विद्यार्थी संगठनहरुले उल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले निर्धारण गरेको समयभित्र विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

विद्यार्थी जनमत संघबाट सभापति दिपेन्द्र कुमार यादव, सचिव विवेक कुमार मण्डल, कोषाध्यक्ष सुनिता कुमारी सिंह, सदस्यहरुमा चतुरानन्द यादव, कामेश्वर कुमार यादव, पुनिता कुमारी ठाकुर, राजकिशोर यादव, शम्भु कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

अखिल (क्रान्तिकारी) बाट सभापति सतिश कुमार मण्डल, सचिव सुरेश कुमार यादव, कोषाध्यक्ष अन्जलि कुमारी मण्डल, सदस्यहरुमा आरति कुमारी मण्डल, रोशन कामति, जिसन राही, सुधिर यादव, शिबम यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल विद्यार्थी संघबाट सभापति नवरत्न साह, सचिव रमेश कुमार यादव, कोषाध्यक्ष अनिला कुमारी यादव, सदस्यहरुमा सुरज कुमार यादव, सौरभ यादव, रिमा कुमारी विश्वकर्मा, सुस्मिता सिंह रामवृक्ष ठाकुरले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।

अनेरास्ववियु (अखिल)बाट सभापति धिरज कुमार, कोषाध्यक्ष राहुल यादव, सचिव राधा कुमारी ठाकुर, सदस्यहरुमा सरिता कुमारी ठाकुर, बिनिता यादव, इन्दिरा मुखिया, राजु महरा, नरेश कुमार यादवले उम्मेदवारी दर्ता गराए ।

समाजवादी विद्यार्थी युनियनबाट सभापति अमितराज राय, सदस्यहरुमा लक्ष्मी नारायण साह, ललिता कुमारी साह, सभ्या पासवान, अनेरास्ववियुबाट सचिव दिपेन्द्र कुमार शर्मा, सदस्य नेहा प्रिया, आनन्द कुमार पासवान उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, समानुपातिक तर्फ विद्यार्थी संघबाट मो.सफिक अन्सारी, रामसेवक साफी, ममता कुमारी राय, लभ मुखिया, नथुनी कुमारी मुखिया, श्याम कुमार यादव, विरेन्द्र पासवान, अनेरास्वीयुबाट सुर्य कुमार यादव, प्रतिभा कुमारी यादव, अब्दुल वाहिद, उषा कुमारी यादव, प्रिति मण्डल, नेविसंघबाट पृथ्वी कुमार यादव, कृष्णराज यादव, तुल्सी साह, योगेश चन्द्र यादव, लालबावु यादव, अखिल (क्रान्तिकारी) बाट संजुला कुमारी यादव, कमल कुमार मण्डल, कविता कुमारी रजक, समाजवादी विद्यार्थी युनियनबाट सुलोचन कुमार महतो, महेश कुमार यादव, मनोज कुमार साह, अनेरास्ववियु (अखिल) बाट किरण कुमारी सिंह, शम्भु कुमार मुखिया, योगेश कुमार सिंह लगायतले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका अध्यक्ष अनिल कुमार मण्डलले जनाए ।

धेरै वर्ष पछि हुन गइरहेको निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीको हकाधिकारलाई संरक्षण गर्ने लगायतको विभिन्न नारा लगाउदै जुलुश निकालेर उम्मेदवारी दर्ता गराएको प्रत्यक्षदर्शीशरुले बताएका छन् ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *