धनुषा:राजर्षि जनक विश्वविद्यालयमा १०१ सदस्य समिति गठन

  • star khabar
  • ४ महिना अगाडि
  • १५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

फाल्गुन -१९ जनकपुर ।

धनुषाको जनकपुरधाम स्थित रहेको राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीहरु द्वरा१०१ सदस्यको समिति संतोष यादवको नेतृत्वमा गठन गठन गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको विभिन्न कलेजहरूमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि विद्यार्थी संगठनहरू तयारीमा जुटेका छन् ।

सोही क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिहीबार जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा समिति गठन गरेको हो ।

स्ववियु निर्वाचनकालागि संतोष कुमार यादवको सभापतित्वमा १०१ सदस्यीय राजर्षि जनक विश्वविद्यालयको विश्वविद्यालय समिति गठन गरिएको

छ ।

समितिको उपसभापतिहरूमा त्रिलोक कुमार यादव, धिरज महासेठ, सिद्धार्थ राज सिंह र दिपेश भण्डारीलाई चयन गरिएको छ ।

त्यस्तै, सचिवमा आनन्द द्विवेदी र सह-सचिवहरूमा शिवशंकर महतो, गणेश कुमार साह, गौतम यादव र सोनम सिंह रहेका छन् भने कोषाध्यक्षमा संजना पाण्डेलाई चयन गरिएको छ ।

समितिको सल्लहकारमा रवि कुमार साह र राजिव साहलाई चयन गरिएको विद्यार्थी नेता इन्द्रजित गोईत यादवले जानकारी दिए ।

उनले ‘नेपाल विद्यार्थी संघ’ लाई स्ववियु निर्वाचनका लागि आवश्यक तयारी गर्न र विशेष रुपमा सक्रिय भई आफ्ना उम्मेदवारहरूलाई चुनाव जिताउन केन्द्रिय निर्देशन आएकोले आफूहरू पनि सोही अनुरूप तयारीमा जुटेको जानकारी दिए ।

नेविसंघका केन्द्रिय प्रतिनिधि धिरज खत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा लगायत नेविसंघ आबद्ध विद्यार्थी नेताहरूको समेत उपस्थिति रहेको

थियो ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *