ऐन कार्यान्वयमा स्थानीय सरकारको भुमिका सम्बन्धि अन्तरक्रिया सम्पन्न

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

नरेश चन्द्र बरबरिया
धनुषा माघ २९ गते ।

खाध अधिकार तथा खाध सम्प्रभुता सम्बन्धि ऎन २०७५ को कार्यान्वयनमा स्थानीय सरकारको भुमिकाबारे कार्यक्रम सप्पन्न भएको छ।
आइतबार मुखियापट्टी मुसरनिया स्थित रहेको बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालय मुखियापट्टी मुसरनिया तुलसियाहीको सभा हलमा एक कार्यक्रम बिच स्थानीय सरकारकको जनप्रतिनिधि संग ऎन सम्बन्धि गहन छलफल भएको छ ।

उक्त अन्तरक्रियामा फियान नेपालबाट प्रस्तुतिकरण राख्दै अधिवक्ता तिलक अधिकारीले स्थानीय सरकार संग ऎन निति निर्माणमा गम्भीर हुन जनप्रतिनिधिलाई आग्रह गरे ।
पालिका भित्र रहेका बास्तबिक किसानको पहिचान गरि परिचय पत्रको लागि स्थानीय सरकारले पहल गर्नुपर्ने अधिकारीले बताए । राष्ट्रिय ,प्रदेश र स्थानीयले स्थानीय खाद्यान्न अधिकार सम्बन्धि ऎन बनाएर अगाडि बढ्न आग्रह गरे ।

फियान नेपालका मधेस प्रदेशका संयोजक नन्दनी यादवले किसानहरुको परिचय पत्र उपलब्ध गराउन आफू लागिपरेको र किसानको समस्या पनि छिटै समाधान हुने बताईन । यादवले समस्या समाधानको साथ साथ ऎन निर्माणमा जनप्रतिनिधिले सहयोग गरे मात्र अन्तरक्रिया सफल र कार्यक्रमको औचित्य रहने बताइन् । उक्त कार्यक्रम वडा अध्यक्ष लक्ष्मेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रुपमा उपाध्यक्ष सैदा खातुन , एक देखि छ वडाका वडा अध्यक्ष , थर्ड एलायन्स प्रदेश प्रमुख तथा संजाल सदस्य अर्जुन साह ग्रीन स्पेस नेपाल अध्यक्ष तथा संजाल सदस्य धिरज साह ,पोषण स्वमसेवक मन्जु यादव,पत्रकार लगायत स्थानीय किसानहरुको सहभागीमा कार्यक्रम सम्पन्न भएको थियो ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *