सिरहा:मिर्चैयामा एक नवजात शिशुको शव फेला

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, ५ माघ।

सिरहाको मिर्चैयामा एक नवजात शिशुको शव फेला परेको छ। मिर्चैया नपा ६ मटिअर्वामा खेतमा फालिएको अवस्थामा महिना पुगेरै जन्मेको जस्तो देखिने शिशुको शव फेला परेको हो।

करिव ७ महिनाको जस्तो देखिने नवजात शिशु (छोरा)को शव वेवारिसे अवस्थामा खेतमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरीवहादुर ओलीले जानकारी दिए।

शिशुको शवको प्रकृतिहेर्दा नजीकैको कुनै स्वास्थ्यसंस्थामा जन्माएर हालेको जस्तो देखिने स्थानीयले बताए।

शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको डीएसपी ओलीले बताए।

जिल्लामा पछिल्ला दिनहरुमा नवजात शिशु वेवारिसे अवस्थामा फोल्ने गरेको घटना बढेर गएको छ। यस अघि जिल्लाकै वडियारपट्टी, गोलबजार र धनगढीमाई नपामा पनि शिशु फेला परेको थियो।

श्रीमान वैदेशिक रोजगारीमा रहेका बेला अवैध सम्वन्धका कारण रहेको गर्भ लोकलाजका कारण राख्न नसक्ने भएपछि महिलाले शिशु फालेको हुन सक्ने अनुमान गरिन्छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *