सिरहा: बिष्णुपुर ब्लड बैंक भवन निर्माणमा ब्यापक अनियमित्ता : गा.पा.अध्यक्ष यादब

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

पुस-३०सिरहा ।

सिरहाको विष्णुपुर गाँउपाकिामा रहेको नेपाल रेडक्रस सोसाईटी उप–शाखा बिष्णुपुरले गरेको साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै बिष्णुपुर गाँउपालिका अध्यक्ष सत्य नारायण यादबले ब्लड र्बैंक भवन निर्माणमा ब्यापक अनियमित्ता देखिएको आरोप लगाएका छन् ।

गापा अध्यक्ष यादबले उक्त भवन निर्माणमा ६६ लाख खर्चिएको भएपनि सो अनुसार काम नभएकोले अव पनि समय रहेकोले बेलैमा सच्चयाउन निर्माण समितिहरुलाई झक्क झक्कयाए । उनले,रेडक्रस जस्तो पवित्र संस्थाको भवन निर्माणामा पनि अनियमित्ताको गन्ध देखिनु राम्रो नभएको बताए ।

उनले,ब्लड बैंक निर्माण गर्नका लागि चाहिने आवश्यक सामग्री सहित उचित ब्यवस्थापनमा भरपुर सहयोग र साथ दिने बताए । उक्त भवन निर्माण गर्नका लागि जिल्ला समन्वय समिति सिरहा बाट ४० लाख र विष्णुपुर गाउँपालिकाबाट २६ लाख गरी जम्मा ६६ लाखको लागतमा भवन निर्माणको अन्तिम चरणमा रहेका छन । उक्त निर्माण समितिका अध्यक्ष रोदन यादब रहेका छन ।

साधारण सभा कार्यक्रममा संस्थाका सचिव राम तपेश्वर शाहले आफनो अगामि वार्षिक निति तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले यो संस्थाले हालसम्म १२९ जना सदस्यता विस्तार गरेका छन । जसमा हाल कार्यसमिति लगायत ५७ सदसयीय रहेको छ ।

उनले, संस्थाको अगामी निति तथा कार्यक्रम अन्तर्गत ब्लड बैंकको मेसिन खरिद गराउन पहल गर्ने,एम्बुलेन्श खरिद गर्ने र अझ थप सदस्यता विस्तार गर्ने लगायतका कार्यक्रम रहेको वताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजदेव यादब,बिष्णुपुर गा.पा वडा नं.४ का अध्यक्ष राम बाबु यादव,वडा नं ५ का अध्यक्ष जयनाथ महतो,भूपु गा.पा.अध्यक्ष प्रत्यासी कुशेश्वर यादब,हजारी साह,जिल्ला सम्न्वय समिति तत्कालिन उपसभापति सरोज यादब,इलाका प्रहरी कार्यालय विष्णुपुरका इन्चार्ज गोविन्द खत्रि,बिष्णुपुर बजार समिति अध्यक्ष गर्भु साह,संस्थाका पदाधिकारी लगायत सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्ष संस्थाका अध्यक्ष अनिरुद्र यादबले गरेको थियो ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *