सिरहा :बिष्णुपुर गापामा वृद्धवृद्धा, एकल महिला, दलित र अपङ्गलाई कम्बल वितरण

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

पुस-३०सिरहा ।

चिसो अत्यधिक बढेको सङ्गै नि:सहायले जाडोकै कारण अनाहकमा ज्यान गुमाउनु परि रहेका छन । यस्तो बेला नागरिकलाई राज्यको अभिभाकत्वको खाँचो छ । खासगरी तिन तहको सरकारमा आम जनमानसको सुखदुःखमा स्थानीय सरकारले यसमा शीघ्र अग्रसरता लिनुपर्छ ।

तर, अझै पनि कतिपय स्थानीय तहहरु जाडोयाममा के गर्ने भनेर सोचि नै रहेका छन् । जसका कारण नागरिकहरु राज्यविहिनताको अनुभव गरिरहेका छन् ।
तर, सिरहाको बिष्णुपुर गाउँपालिका भने नि:सहायका लागि सहारा बनिरहेका छन् । गाउँपालिकाले शुक्रबार मात्रै बिष्णुपुर ४ थल्हामा १ सय २६ स्थानीय वृद्धवृद्धा, एकल महिला, दलित र अपङ्गलाई कम्बल वितरण गर्यो ।
गाउँपालिकाका यसअघि नेतृत्वका पालामा अभिभावकत्व महसुस गर्न नपाएका नागरिक यसपालि हर्षित छन् । उनीहरुले गाउँपालिका अध्यक्ष सत्य नारायण यादवको कामलाई सराहना गरेका छन् ।
जनता नै आफ्ना लागि सर्वोपरी रहेको भन्दै यस्ता कामहरुलाई आफूले निरन्तरता दिइरहने अध्यक्ष यादवले बताए । उनले,कहि कतै पनि हाम्रो पालिकाभरिका जनसमुदायलाइ कठ्ङ्ग्रीएर ज्यान गुमाउन दिने छैनौ,हामि सम्बेनशिल छौ ।
कम्बल वितरण अभियान अझै जारी छ । गाउँपालिकाका सबै ५ वटा वडामा गरी ७ सय ५० नि:सहायलाइ कम्बल वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र महतले बताए ।
प्रमुख प्रशासकिय अधिकृत महतले, यो एउटा यस्तो कार्यक्रम हो जसले जनताप्रति स्थानीय सरकारले देखाएको उपस्थिति पनि हो । जो निसहायको लागि देखाएको उतरदायित्व पनि हो ।
वडा अध्यक्ष राम बाबु यादबले भने हाम्रो वडा भरिका अति बिपन्न,दलित,एकल महिला,बृद्ध-बृद्धा र अपाङ्गलाइ नछुटिने गरि समेटेका छौ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *