अवैध लागूऔषध सहित दुई जना पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

पुस २० सिरहा।

अवैध लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला सिरहा लहान नगरपालिका वडा नं. २० हरिनगरा टोल स्थित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०१–००२ प. ८८४६ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध (ब्राउन सुगर) फेला परेपछि नियन्त्रणमा लिएको छ ।
जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १ बस्ने बर्ष २७ को सुरेश साह सुडी र सोही मोटरसाईकलमा पछाडी सवार हरिनगरा २० बस्ने बर्ष २० को सिदार्थ चौधरी समेतको साथबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९२० मिलीग्राम फेला पारी रितपुर्वक बरामद गरी लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी गराएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *