सिरहा:न्यानो बाड्दै नेपाली सेना

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


पुस -२० सिरहा।
एस स्टार खबर

मधेशमा शितलहरको कहर बढेसँगै नेपाली सेनाले पनि न्यानो बाड्ने अभियान जारी राखेका छन्।

बुधवार सिरहाको विष्णुपुर गाउँपालिकाको विभिन्न स्थानहरुमा नेपाली सेनाका टोलीले दाउरा लिएर बजारको बिभिन्न स्थानहरुमा आगो सल्काएका छन् । जसबाट अति विपन्न, व्यापारी र आम जनसमुदायहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

नेपाल पत्रकार महासंघ सिरहाको पहलमा जसरि आज बिष्णुपुरमा दाउरा बाडिएझै सिरहाका विभिन्न स्थानहरुमा दाउरा बाड्ने काम जारी नै रहने श्री शेर गण चोहर्वा ब्यारेकका प्रमुख सुमन थापाले बताए ।

उनले दाउरा मात्र नभई जाडोले कसैको ज्यान नजावोस भन्ने अभिप्रायले न्यानो कपडाको समेत उचित प्रबन्ध मिलाइ बाड्ने काम समेत गर्ने प्रमुख थापाले बताए ।

दाउरा लिएर आएका श्री शेर गण चोहर्वा व्यारेकका सह -सेनानी ईन्द्र बहादुर खड्काको नेतृत्वमा खटेका टोलीले आफैँ अनुगमण गरेर दाउरा बाडडै गएका थिए ।
दाउरा बाड्ने क्रममा विष्णुपुर बजार समिति लगायतका व्यापारीहरु उत्साहित हुँदै टोलीको सँगसँगै दाउरा वितरणमा सघाउ पुर्याएका
थिए ।


यस्ता कार्यक्रम सितलहरको बेलामा निरन्तर हाम्रो पहलमा भइरहने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैता यादबले बताए । सभापति यादबले अब पत्रकारले समाचार सँगसँगै समाजिक कार्यमा समेत अह्म भुमिकाको साथ हुनु पर्ने बताए । उनले जाडोबाट अनाहकमा कसैको ज्यान नजावोस भन्ने अभिप्रायले पत्रकारहरु कलमको साथ-साथै पहलकदमिको भुमिकामा समेत लाग्नु पर्ने अवस्था देखिन्छ ।

त्यस्तै महासंघका सचिब शिब दयाल यादबले हामी कलम जिवी सँगसँगै मानव सेवामा समेत समर्पित भई काम गर्ने जिबि हो ।
उनले नेपालि सेनाले बिगतमा पनि सितलहरमा न्यानो बाड्ने काम र विभिन्न आपत बिपतको समयमा साथ नदिएको होइन ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *