
गीतकार समीर खान र मॉडल बिक्रम को हिंदी भोजपूरी मिक्स गीत "रसिलि है मेरा नाम" सार्वजनिक भएको छ।
CINE DWAR युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा बिक्रम गुप्ता,लक्ष्मी खत्री, राजू यादव,इम्तियाज सिद्दिकी, राजाबाबू ठाकुर,महेश साह केशव साह, सोमित कर्ण को अभिनय देख्न सकिन्छ ।
भोजपुरी, नेपाली,मैथिली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा भोजपुरी हिंदी इंड्रेस्टीज को गायिका पूजा श्रीवास्तव र मिथिला का चर्चित गायक रहमान खान को स्वर, गज्जू गजेंद्र को संगीत र एरेन्ज तथा धर्मेंद्र शर्माको मिक्सिङ रहेको छ ।
झंडै एक दशक देखी निर्देशन गरिसकेका निर्देशक संतोष सरकारले अहिले का माया डांस रोमांस कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् ।
कोशी टापू का रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा धीरेन साह छायाँकन रहेको छ । म्युजिक भिडियोमा सम्पादन पवन कुमार सहनीको रहेको छ।
रोहित भिडियो फिल्मस को ब्यानरमा निर्माण भएको गीतकार समिर खान ले बताएका छन।
Your email address will not be published. Required fields are marked *