
मंसिर २७ ,सिरहा ।
सिरहाको नरहा गाउँपालिका स्थित पानवारीमा रहेको हिमालय सुगर मिलले आयोजना गरेको सातौं वार्षिक मिल उद्दघाटन ,संचालन तथा उखु प्रदर्शन कार्यक्रममा माहुरीको आक्रमण भएको हो ।
जिल्ला भरीका उखु किसानहरुलाई बिहान करिब ९ बजेको लागि बोलाइएको मिलको डोङगा पूजा स्थल अर्थात् उखु ब्यबस्थापन हुने परिसरको म्यासिनको माथिल्लो भागमा माहुरीले अघिदेखि लगाई राखेको दुई ओटा घारको तल्लो भागमा मिलद्धारा आयोजित पूजामा करिब ३०० जति उखु किसान लगायत सिरहाका सहायक प्रमूख जिल्ला अधिकारी आनंद पौडेल लगायत मिल संचालक ,पत्रकार लगायतका उपस्थितिमा आयोजित कार्यक्रममा पूजाको विधि शुरु भएपछि होमको धुवाँले कार्यक्रमको माथिल्लो भागमा रहेको माहुरीलाई असर गरेपछि माहुरीले आक्रमण गर्दा कार्यक्रम स्थलमा भागदौड मच्चिएको थियो ।
माहुरीले मिलका प्रमूख लगायत करिब तीन जनालाई अस्पताल भर्ना हुने गरी घाईते बनाए पछी कार्यक्रम स्थलमा भाग दौड भएपछि तत्काल उक्त स्थानबाट कार्यक्रम परिसरको अनि ठाउँमा सारिएको थियो भने आगो बालेर धुँवाको सहयोगमा माहुरी धपाइएको थियाे ।
कार्यक्रम प्रत्येक वर्ष मिल संचालन हुनु अगाडी विशेष पूजा गरी कार्यक्रम अगाडि बढाउँदै आएको जिएम अवध किशोर यादवले बताए । पत्रकारको एक जिज्ञासामा उनले भने " माहुरी यहाँ लामो समयदेखि बस्दै आएको तर कुनै वर्ष यसरी घटना गराएको थिएन तर यस पटक हामीलाई आक्रमण गरेर अथितीहलाई कार्यक्रम स्थलबाट भाग्न विवस बनाएको छ "
माहुरी घारको उचित ब्यबस्थापन नहुँदा उखु किसान र कामदारहरुलाई मिल सञ्चालन अबधिमा पर्न सक्ने सम्भावित दुर्घटना प्रती मिल प्रशासनले तत्काल ध्यान केन्द्रित गर्न जरूरी छ ।
Your email address will not be published. Required fields are marked *