सिरहा:अवैधरुपमा खेतमा लगाएको गाँजा फडानी गर्दै सशस्त्र प्रहरी

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

मंसिर-२६सिरहा।

सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैधरुपमा खेतमा लगाएको गाँजा फडानी गरेका छन् ।
सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको विशेष निर्देशनमा सशस्त्र प्रहरी छिन्मसता बाहिनिबाट खटिएको एस्कावाड टोलिको विशेष सुचनाको अधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले मिर्चैया नपा -७ र नरहा गाउँपालिका- २ गाेलबजार नगरपालिका- ७ बाट २ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी आगजानी गरेको हो ।

अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियान अन्तर्गत फल लाग्नु भन्दा अगावै फडानी गरिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए ।अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहीत हुने उनले बताए ।

यस क्षेत्रका किसानहरुले प्रहरीलाई झुक्याउन चारै तर्फ उखु, रहर, तरकारी खेती लगाएर विचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीको भनाई छ । कतिपयले करेसाबारी तथा आँगनमा समेत गाँजाको विरुवा लगाउने गरेको प्रहरीले बताए ।
प्रहरीका अनुसार मानिसले परबाट हेर्दा अन्य बालीजस्तो लाग्ने गरी गाँजाको खेती गरेको प्रहरीको भनाई छ । किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन सक्ने सशस्त्र प्रहरी प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरले बताएका छन।
गाजाँको मूल्य दिनानु बढेसँगै सिरहा सहित मधेश प्रदेशका जिल्ला हरुमा लुकिछिपी गाँजा खेतीगर्ने किसान बढेको बताइन्छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *