बरियारपट्टीमा सालनाल सहित शिशु फेला

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

मंसिर १५ ,सिरहा।
सिरहाको बरियारपट्टी गाँउपालिका वडा नम्बर ३ स्थित आज विहान सालनाल लागेकै अबस्थामा नवजात शिशु फेला परेको छ ।

बरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षीणमा आज विहान सालनाल सहित छोरा शिशु भेटिएको हो । स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको हो ।

बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको छ ।शिशु छोरा रहेको २.८ किलोका रहेको छ र स्वास्थ्य अबस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।

उक्त शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाउने तयारी भई रहेको प्रहरीले जनाएको छ । स्थानियका अनुसार उक्त बच्चा अबैध सम्वन्धबाट भएकोले लोकलाजका कारण फालिएको बताए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *