प्रदेशसभा सदस्यको दुईवटा क्षेत्रमा एमालेको जित

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg



सिरहा,८ मंसिर । सिरहा निर्वाचन क्षेत्र नं.३ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका मनोज कुमार सिंहले जित हासिल गरेको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रामसगुन यादवलाई २ हजार ९ सय ८७ मतान्तरले पराजित गरेको हो ।
एमाले उम्मेदवार सिंहले १५ हजार ८ सय ८८ मत प्राप्त गरेको छ भने काँग्रेस उम्मेदवार रामसगुनले १२ हजार ८ सय ९९ मत पाए । जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७ सय ९३ मत ल्याए ।
एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचत भएका सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट गोलबजार नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । मेयर पदमा उनले ३ हजार ९ सय २१ म्त पाएका थिए ।
प्रदेशसभा सदस्यमा निर्वाचत भएपछि सिंहले सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व कानूनमन्त्री लिलानाथ श्रेष्ठसँग खुसी साट्दै सिरहाको हेमनारायण चौक पुगेर सहिद हेमनारायण यादवको प्रतिमामा मलाअर्पण गरे । सिंहको साथमा गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठ, नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव लगायतका नेता तथा कार्यकर्ताहरुले मलाअर्पण गरे ।
क्षेत्रको समग्र विकास कसरी हुन्छ ? भन्ने सोचका साथ अगाडि बढ्ने उनले भने,‘यहाँ अमन चयन शान्ति र हरेक खाले समस्यालाई समाधान गर्न आफु प्रयास गर्नेछु ।’ शिक्षा, स्वास्थ्य, रोजगार र कृषि तथा सुदृढ सडक संजालका लागि विभिन्न खाले क्रियाकलाप गर्ने उनले प्रतिबद्धता जनाए । यस्सै गरी सिरहा क्षेत्र नं २(ख)मा एमालेकै उमेदवार सत्रुधन प्रसाद सिंह को जीत सुनिश्चित् भएको छ। एमालेका सत्रुधनले १३ हजार ७९७ मत ल्याएका छन् भने नेकपा यस का मदनसेन श्रीवास्तवले ११ हजार २५ मत पाएको हो। औपचारिक घोषणा हुन बाकी छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *