सिरहामा दुई थान भरुवा बन्दुक बरामद

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, २- मंसिर।
सिरहा प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ।

विशेष सुचनाको आधारमा पुगदा सादा पोसाकका सुरक्षाकर्मिले जिल्लाको मिर्चैया नगपालिका ९ कमलदह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो।

बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सुचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीलाई देखेर बन्दुफालि भागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिप्रसाद वलीले जानकारी दिए।

उनले विशेष सुचनाको आधारमा प्रहरी पुगेपनि उनीहरु बन्दुक फालेर भागेको जनाए।

बन्दुक फालेर भागेकाहरुको खाजी भईरहेको प्रहरीले जनाए। त्यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *