सिरहा: मिर्चैयामा पोखरीमा डुवेर तीन बालकको मृत्यु

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, २७ कात्तिक।

सिरहको मिर्चैयास्थित पोखरीमा डुवेर दाजुभाई सहित तीन भारतीय बालकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका १ कमियाटोल नजिक रहेको जेके इँटा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ थाना खरिन्चया २७ का खुर्सिद आलमका छोराहरु वर्ष १२ का अलि हसन, १० वर्षिय नवि हसन र अररिया जिल्ला, थाना जोगवनी निरगंज २२ का नन्दलाल दाशका १० वर्षिय छोरा नितेशको आईतबार पाँच बजे पोखरीमा डुवेर मृत्यु भएको हो।

इँटा उद्योग नजीकै रहेको पोखरीमा पौडिखेल्ने क्रममा डुवेको अवस्थामा खुर्सिदले देखेर तीनैजनाको तत्काल उद्धार गरेपनि आली दाजुभाईको घटनास्थलमै र दाशको उपचारको क्रममा मिर्चैया स्थित स्वास्थ्य संस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख हरिवहादुर वलीले जानकारी दिए। प्रहरीले घटनाबारे ६ बजेमात्र जानकारी पाएको बताए।

प्रहरीले घटनासम्वन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। तीनैजना बालकाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिउको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *