बाम लोकतान्त्रिक गठबन्धनको भेला, राजकिशोर यादवलाई भोटको साटो चोट दिनुपर्छ:-वक्ताहरु

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा,२५ कार्तिक ।
बद्रीनारायण यादव

सिरहा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकिशोर यादवलाई भोटको साटो चोट दिनुपर्ने बाम लोकतान्त्रिक गठबन्धनका वक्ताहरुले बताएका छन् ।
सिरहाको सुखीपुर नगरपालिका-४ स्थित आयोजित चुनावी भेलामा बोल्दै उनीहरुले त्यस्तो कुरा बताएका हुन् ।

दैवी शक्तिको अस्तुती बाचन गर्दै मन्त्वय सुरु गरेकी बाम लोकतान्त्रिक गठबन्धनबाट सिरहा क्षेत्र नं.२ का प्रतिनिधिसभाको उम्मेदवार चित्रलेखा यादवले भनिन्,‘अहम र अपशब्द बोल्ने वा असोभनिय व्यवहार गर्नेलाई दैवी शक्तिले प्रास्त गरे जस्तै घमण्डी उम्मेदवारलाई पनि साइजमा जनताको शक्तिले ल्याउने छन् ।’

अर्का उम्मेदवार राजकिशोर यादवले आफुमाथि अपशब्द प्रयोग गरेको भन्दै त्यसको जवाफ जनताले दिने उनले बताइन् । बल, घमण्डले नभई आउदो मंसिर ४ मा ब्यालेट मार्फत जनताले राजकिशोरलाई जवाफ दिने उनले विश्वास व्यक्त गरिन् ।

देशमा आएका हरेक संकटलाई निवारण गर्नका लागि नेपाली काँग्रेसले शक्तिका साथ प्रस्तुत भए जस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारलाई पनि काँग्रेसले प्रास्त गर्ने उनले दाबी गरिन् । ‘बहुमतमा रहेको संसदलाई ओलीले बिघटन गरे पश्चात देशमा आएको संकट निवारण गर्न गठबन्धन बन्यो,’उनले थपिन्,‘संविधानको रक्षा गर्दै समाजवाद मुखरित राष्ट्र निर्माणको संकल्पका साथ यो गठबन्धन अगाडि बढेको छ ।’

बाम लोकतान्त्रिक गठबन्धनले जनताको हकाधिकार सुरक्षित गर्दै साझा चौतर्फी विकास निर्माण गरेर समाजिक रुपान्तरणका लागि अन्य काम गर्ने उनको दाबी छ ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार प्रत्येक नागरिकको समृद्धिको आधार भन्ने कुरा गठबन्धनले घोषणापत्रमा ल्याएको प्रष्ट पार्दै उनले भनिन्,‘ प्रत्येक विद्यालयमा एक दलित शिक्षक वा शिक्षिका, ६५ वर्षमा जेष्ठ नागरिकलाई भत्ता दिइने प्रावधान गठबन्धनले घोषणापत्रका उल्लेख गरेका छन् ।’

सिरहा क्षेत्र २ (क) अन्तर्गत विभिन्न ठाउँमा शैक्षिक सुधार गर्दै क्यम्पस स्थापना, सुदृढ खानेपानीको व्यवस्थापन, जीणर् भएको सडकहरुको जीणर्ेदार गर्दै कालोपत्रे गर्नुका साथै दक्ष जनशक्ति निर्माण हुने गरी योजनाहरु बनाई प्रभावकारी कार्यान्वयन गर्नेतिर अघि बढ्ने बाम लोकतान्त्रिकको तर्फबाट सिरहा क्षेत्र नं.२ (क) प्रदेशसभा सदस्यका उम्मेदवार जीवछ यादवले प्रतिबद्धता व्यक्त गरे ।

‘क्षेत्रको मतदाता छैन राजकिशोर यादव । उनले यो क्षेत्रमा भोट हाल्न पाउदैन् । जसले आफु भोट हाल्न पाउदैन उसलाई अरुसँग भोट माग्ने कतिको सोभनीय कुरा हो,’नेपाली काँग्रेसका युवा नेता नरेश यादवले भने,‘राजकिशोर भगौडा हो । सिरहा क्षेत्र नं.४ का जनताले नाराबाजी गरेपछि केन्द्रिय नेताहरुले निणर्य गरेर त्यहाँबाट भगाएका छन् ।’

पटक-पटक गरी १५ वर्ष राजकिशोर र उनको परिवारले संसद भए तर त्यस क्षेत्रको विकास र जनताको दुःखमा साथ नदिएको उनले आरोप लगाए । उनका अनुसार व्यक्तिवादी व्यवहारका कारण राजकिशोरलाई सिरहा क्षेत्र नं.४ का जनताले बहिष्कार गरेका छन् । सिरहा क्षेत्र नं.२ मा पनि त्यो बहरिया राजकिशोरलाई भोटको साटो चोट दिन उनले सबैसँग आग्रह गरे ।
एमाले जसपा गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नं.२ का उम्मेदवार राजकिशोर यादवको भनाईलाई उद्धृत गर्दै उनले भने,‘चित्रलेखालाई यसपालिको चुनावमा बलान पारी पठाइदिन्छु । चर्बी निकालि दिन्छु । यस्तै अनेकौं अशोभनिय शब्द र अलोकतान्त्रिक कुरा गर्‍यो ।’
‘जसलाई कोँही हुँदैन त्सलाई पनि हामी तपाईले सम्मान गर्छौ तर हाम्रो समाजका बेटी चित्रलेखालाई राजकिशोरले बेइज्जत गर्ने प्रयास गर्‍यो । के तपाईहरु सहेर बस्नु हुन्छ ?,’उनले भने,‘चित्रलेखामाथिको अपशब्द हामी तपाई सबैको अपमान हो यसलाई सहेर नबस्नु । दिदि बहिनीलाई म यहीबाट भन्न चाहन्छु राजकिशोर भोट माग्न आए उनलाई झाडु लिएर लखेटेर भगाउनु । पछि केही भयो भने हामी हिसाव गर्न तयार छु ।’
दुई दलिय गठबन्धन सत्ता स्वार्थले बनेको नेकपा माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास यादवले आरोप लगाउदै जनताको विकास, शान्ति र समृद्धि ल्याउने गरी पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धन बनेको बताए । उनका अनुसार बाम लोकतान्त्रिकका चित्रलेखा यादव प्रतिनिधिसभा सदस्यमा र प्रदेशमा जीवछ यादवले जित हासिल गरेपछि मात्र यो क्षेत्रमा चौतर्फी विकास हुने छन् ।
क्षेत्रबाट भगाएका भगुवाले सिरहा क्षेत्र नं.२ को विकास गर्न नसक्ने नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले दाबी गरे । क्षेत्रको चौतर्फी विकास गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चित्रलेखा यादव र प्रदेशसभा सदस्यका उम्मेदवार जीवछ यादव सक्षम भएको उनले सबैलाई प्रष्ट पारे । कार्यक्रममा विभिन्न ठाउँबाट सैकडौं नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *