महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप, स्थिति तनावग्रस्त

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

कार्तिक १० ,महोत्तरी।

महोत्तरीको भंगहा नगरपालिका- ८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको
छैन् । प्रहरीले लाठीचार्ज पनि गरेका छन् ।

स्थानीयका अनुसार झडपका क्रममा केहि स्थानीय घाइते भएका छन् भने स्थानीयको ढुंगामुढाबाट केहि प्रहरी पनि घाइते भएका
छन् ।

हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको थियो । यात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा गरियो । त्यसपछि झडप सुरु भएको बुझिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

सभार:नेपाल प्रेस

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *