
सिरहा,१० कात्तिक।
सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रितभई पल्टिदा दुई जनाको मृत्यु भएको छ।
सिरहा मिर्चैयाको भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजार तर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटनाहुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखि साहको घटना स्थमै मृत्यु भएको हो।
छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहालाने तयारी भईरहेको छ।
Your email address will not be published. Required fields are marked *