
सिरहा, १७ असोज ।
सिरहमा नक्कली नेपाली नोटसहित पुनः एकजना भारतीय युवक पक्राउ परेको छ। जिल्लाको नरहा गाउँपालिका ४ बाट एक हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाह लाई प्रहरीले पक्राउ गरेको हो।
नरहा ४ का रामकृपाल यादवले सञ्चालन गरेको किराना पसलमा चुरोट किन्न बाहानामा हजारको नोट दिएपछि शंक्का लागेर प्रहरीलाई खवर गरेका थिए। ईलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी तत्काल पुगि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी इन्सपेक्टर शंकर प्रसाद चौधरी जानकारी दिए।
उनको साथमा रहेको नोट मध्येय २९ वटा एउटा नम्वरको र २ वटा एकैनम्वरभएको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सिरहामा केहि दिन अगाडी सिरहाको कल्याणपुर ११ बाट विहिवार एक हजार दरका ५ थान नक्कली नोट सहित स्थानीय जिवछ कामती पक्राउ परेका थिए।
दशैंको प्रारम्भसँगै सिरहाका बैंकहरुमा नक्कली पाँच सय र हजार दरका नोटहरु भेटिने गरेको छ। बजारमा नक्कली नोटको विगविगी भएपनि नियामक निकायभने मौन देखिन्छ। पक्राउ परेका नोटहरु सवै सर्वसाधारणको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ।
Your email address will not be published. Required fields are marked *