
आश्विन -१३ सिरहा ।
सिरहा बिष्णुपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९÷०८० को लागि आठौं गाउँसभावाट स्वीकृत ४२ करोड १८ लाख २३ हजार ७६ रुपैया ७९ पैसाको बजेट सार्वजनिक गरेको
छ ।
गाउँपालिकाको आठौ गाउँसभाले चालू आर्थिक वर्ष २०७९÷०८० को कुल बजेट ३६ करोड ७३ लाख ३५ हजार अनुमान पेश गरिएकोमा त्यसलाई संशोधन गरी बार्षिक बजेट ४२ करोड १८ लाख २३ हजार ७६ रुपैया ७९ पैसा कायम गर्दै आयव्यय विवरण पारित गरेको छ ।
जसमध्ये ४ करोड ४९ लाख १७ हजार ७६ रुपैया ७९ पैसा गत आर्थिक वर्षको सशर्त बजेट फ्रिज भएको हुँदा बजेट फिर्ता गर्नुपर्नेछ । अर्थात खुद बजेट ३७ करोड ६९ लाख ६ हजार मात्र रहेको गाउँपालिकाले जनाएको छ ।

खुद बजेटको चालु खर्च तर्फ १७ करोड १० लाख १३ हजार अर्थात ४५।३७ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत तर्फ २० करोड ५८ लाख ९३ हजार अर्थात ५४।६३ प्रतिशत विनियोजन गरिएको बिष्णुपुर गाउँपालिकाका प्रवत्ता वडा नंम्बर ४ का वडा अध्यक्ष राम बाबु यादवले बताएका छन् ।
बिष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्य नारायण यादवको अध्यक्षतामा भएको सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गिता कुमारी सिंह, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महत, वडाअध्यक्षहरु क्रमशः भोगेन्द्र प्रसाद यादव, प्रमोद कुमार यादव, जय कुमार यादव, राम बाबु यादव, जयनाथ महतो लगायत विभिन्न शाखाका शाखा प्रमुख लगायत पालिकाका अन्य कर्मचारी, पत्रकारहरुको सहभागिता रहेको थियो ।
Your email address will not be published. Required fields are marked *