
सिरहा, ७ असोज।
सिराहा प्रहरीले प्रेसकार्ड झुण्ड्याएका दुई युवकलाई लागु औषध सहित नियन्त्रणमा लिएको छ।
जिल्लाको दक्षिणी सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले सिरहा नपा १४ नेमचन्द चौकबाट उदयपुरको कटारी नगरपालिका २ कल्याणपुर घर भएका ३५ वर्षीय सुरेशकुमार धमला र ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ फूलबारी घर भई हाल धमलाकै गाउँमा बस्दै आएका ३५ वर्षीय ईश्वर खत्रीलाई प्रतिवन्धित लागुऔषधसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारततिरबाट स. ९ प ५१० नम्बरको मोटरसाइकल चढेर आएका दुईजनालाई चेकजाँच गर्ने क्रममा
१.NITRAVET-10 लेखेको १ पत्तामा १५ ट्याब्लेट
२.SPASMO-PROXYVON PLUS लेखेको १ पत्तामा ८ क्याप्सुल
३.DIALEX-DC जस्तो देखिने तरल पदार्थ Kempty Mango Punch Drink लेखेको बोतलमा 600 m.l.
४.स. ९ प. ५१० नं. को मोटरसाईकल थान-१, ड्राईभिङ लाईसेन्स थान-१, ब्लुबुक थान-१ र हेल्मेट थान-१
५.नगद रु.१२,०००।– (बाह्र हजार)
६.RA.MA EXPRESS KHABAR PRESS लेखेको SURESH KUMAR DHAMALA लेखेको आई.डी. कार्ड थान-१
७.मोबाईल थान-२, ATM कार्ड थान-२ र COVID-19 Vaccination certificate लेखेको कागज पाना-१
८.मतदाता परिचय पत्र थान-१, नागरीकता थान-२ र राहदानी थान-१
लागुऔषध बरामद भएपछि तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। उनको प्रेस कार्ड नक्कली वा सक्कली के हो भन्नेबारेमा नखुलेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।
Your email address will not be published. Required fields are marked *