राष्ट्रपतिबाट ४८ जना कलाकारलाई विभूषण

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

असोज-३, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो ।
नेपाल सरकारले संविधान दिवसको दिन विभिन्न पदकबाट कलाकारलाई समेत विभूषित गरेको छ । सरकारले नेपालको कलाक्षेत्र फिल्म, गीत संगीत, नाटक लगायत बिभिन्न विधाबाट गरेर ५८ कलाकर्मीलाई आज विभूषित गरेको हो ।

विभूषित हुने कलाकारहरुको नामावाली यस्तो छ :
सुकीर्तिमय राष्ट्रदीप
नीर शाह, वरिष्ठ कलाकार, काठमाडौं
राजेश हमाल, कलाकार, काठमाडौं
मदनकृष्ण श्रेष्ठ, कलाकार, काठमाडौं
हरिवंश आचार्य, कलाकार, काठमाडौं
नन्दकृष्ण जोशी, गायक, बझाङ्ग
सुप्रबल जनसेवाश्री
शम्भु राई (कुथुमी), गायक तथा संगीतकार, काठमाडौं
प्रदीपलाल श्रेष्ठ, चलचित्र निर्देशक, तनहुँ
अशोक शर्मा, चलचित्र निर्देशक, झापा
दीपकराज गिरी, अभिनेता तथा निर्देशक, काठमाडौं
आलोकश्री (सूर्यकुमार खाती), संगीतकार, गोरखा
दीपक जंगम, संगीतकार, काठमाडौं
आनन्द कार्की, गायक, सोलुखुम्बु
अर्जुन श्रेष्ठ, अभिनेता, दाङ
ज्ञानु राणा, गायिका, काठमाडौं
निरुता सिंह, कलाकार, सिलुगुढी भारत
चेतन सापकोटा, संगीतकार, मकवानपुर
विराज भट्ट (भोजराज भट्ट), चलचित्र अभिनेता, डडेलधुरा
दयाहाङ राई, कलाकार, भोजपुर
सत्यकला राई, गायिका, खोटाङ

कीर्तिमय राष्ट्रदीप
कृष्णकुमार मल्ल, अभिनेता तथा निर्देशक, काठमाडौं
मिथिला शर्मा, कलाकार, काठमाडौं

प्रबल जनसेवाश्री
मिलन मोक्तान, संगीतकार, काठमाडौं
धर्मराज उपाध्याय, गीतकार, काठमाडौं
सीताराम पोखरेल, गायक, काठमाडौं
जीतबहादुर देउजा, नाट्यकर्मी, भक्तपुर
निर्मल शर्मा, अभिनेता तथा निर्देशक, काठमाडौं

जनसेवाश्री
माधव राज खरेल, चलचित्र निर्देशक काभ्रेपलाञ्चोक
सुनिता दुलाल, लोकगायिका, सिन्धुपाल्चोक
प्रदीप खड्का, कलाकार, ललितपुर
कमल सुनार, गायक तथा संगीतकार, अर्घाखाँची
सन्तोष श्रेष्ठ, संगीतकार, दाङ
दीपक शर्मा, संगीतकार, म्याग्दी
शिवराम विक, नृत्य निर्देशक, चितवन
रमेश कोइराला, चलचित्र निर्देशक, चितवन
सनम कठायत, कलाकार, डोटी
कुमार बस्नेत विक्रान्त, कलाकार, सर्लाही
कुलमान नेपाली, गायक, सुर्खेत
मनोहर सुनाम परियार, कलाकार, काठमाडौं
डिल्लिनारायण पाण्डे, गीतकार, स्याङ्जा
सुरेशकुमार नेपाल परियार (यशकुमार), गायक, काठमाडौं
सानुकान्छा शाही, संगीतकार, काभ्रेपलाञ्चोक

नेपाल सेवा प्रवीण
प्रभाकर शर्मा, कलाकार, संखुवासभा
इन्द्रबहादुर खत्री, कलाकार, बागलुङ
कृष्णबहादुर बिक, कलाकार, बझाङ
नवीन पौडेल, गायक, रुपन्देही
किरण गजमेर, गायक

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *