सनराइज यूथ सिरहा सञ्जाल द्वारा रक्तदान

  • star khabar
  • ४ महिना अगाडि
  • ३७ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


सिरहा ६ ,असार
स्टार खबर
कोरोना कहरले गर्दा मुलुकभर जारी लकडाउनका कारण रगतको अभाव भएपछि “मानवताका लागि कार्य” गर्ने सनराइज यूथ सिरहा सञ्जाल द्वारा सिरहा जिल्ला गोलबजार नगरपालिका ४ अतिथि सदनमा २४ पिन्ट रगत सङ्कलन गरिएको छ ।

गोलबजारको अथिती सदन कार्यालय र नेपाल रेडक्रस सोसाइटी, लहान शाखाको संंयोजनमा शनिबारको दिन “रक्तदान जीवन दान” भन्ने सार्थकता दिदै आयोजित कार्यक्रममा १ महिला र २३ पुरुषले रक्तदान गरेको सनराइज सिरहा युवा सञ्जालका उपाध्यक्ष पारस कुमार चौधरीले जानकारी दिए ।

ब्यापार संघ गोलबजार अतिथि सदनका अध्यक्ष भरत अग्रवालको अथित्यमा कार्यक्रम रहेको थियो।
सनराइज सिरहा युवा सञ्जाल संस्थाले रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग ब्यक्तिगत साँस्थाले बेहोर्नुको साथै रक्तदातालाई प्रमाणपत्र प्रदान गर्ने संस्थाको उपाध्यक्ष चौधरीले बताए।
सामाजिक दूरी, माकस, सेनिटाइजर ब्यबस्था कायम गरी रक्तदाता र स्वयंसेवकमा समेतलाई उपलब्ध गराएका थिए ।
रगत अभावको कारण उपचार गर्न सिरहाका बिरामीहरुको जीवन नै जोखीम पर्न सक्ने खतरा रहेकोले उक्त रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
अघिल्लो बर्षमा रक्तदान कार्यक्रमा एकपल्ट ५१ युनिट, अर्कोपल्ट ४५ युनिट रगत सङ्कलन यसै सञ्जालबाट आयोजनामा संङगलन गराएका उपाध्यक्ष चौधरीले जानकारी दिए।
उक्त कार्यक्रममा सिरहा युवा सञ्जालकी अध्यक्ष शोभा साहले स्वयंसेवी, रक्तदाता लगायत सहयोगीलाई धन्यवाद दिदै आउँदो दिनमा पनि यस्तै सामाजिक कार्यमा साथ पाउने अपेक्षा गरीन।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *