सिरहा: आत्महत्या न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

असोज -२ सिरहा ।
सिरहामा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको आयोजनामा सिरहा सदरमुकामस्थित नगरपालिकाको सभाहलमा आत्महत्या न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रियामा सिरहाका विभिन्न विद्यालयका विद्यार्थीसहित, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिना, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, अनुसन्धानका प्रहरी उपरीक्षक, सञ्चारकर्मी लगायत सहभागी थिए ।

कार्यक्रममा वक्ताहरूले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताए ।

आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उनीहरु यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताए ।

आत्महत्या घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विभिन्न पर्चा, पम्पलेट र नारासहित सचेतनामूलक र्यालीसमेत निकालिएको थियो ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *