सिरहा:जिल्ला प्रशासन कार्यालयको सूचनालाई धजिया उडाएर बिष्णुपुर गापामा केटि(नर्तकि)नाचमा झडप ३ घाइते

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

आसोज-१ सिरहा।

जिल्ला प्रशासन कार्यालय सिरहाको सूचनालाई धजिया उडाएर आज बिश्वकर्मा पुजाको उप्लक्षमा बिष्णुपुर गाउँपलिकाको बिभिन्न ठाउमा केटि (नर्तकि)नाच नचाइएको थियोे ।
नाच गानकै क्रममा दुई पक्ष बिच झडप हुदा बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ बस्ने राम पुजन यादब,जितेन्द्र दास
र सत्रुधन यादब घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका उनिहरुलाई टाउको,हात र खुट्टा मा गम्भिर चोट लागेकोले जिल्ला अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ ।

यता,जिल्ला प्रशासन कार्यालय सिरहाले केटि (नर्ट्कि) अस्लिल नाच ननचाउन सुचना नै जारि गरि निषेध गरेको छ ।

तर उक्त सूचनालाई धजिया उडाएर बिष्णुपुर लगायत सिरहा जिल्लाको बिभिन्न ठाउमा अस्लिल गितमा केटि (नर्टकि)नाच भइरहेका छन ।तर उक्त कार्यक्रम प्रहरीकै मिलोमतोमा भएको स्थानीयहरुले बताए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *