मिर्चैयामा स्कूलको होस्टलमा खाना राम्रो नभएको गुनासो गर्दा कुटिए विद्यार्थी

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

भादौ-२८, सिरहा।

सिरहाको मिर्चैयामा एक निजी विद्यालयमा खाना राम्रो नभएको गुनासो गर्दा विद्यार्थी कुटिएका छन् ।
मिर्चैयामा अवस्थित ह्वाइट हाउस स्कूलमा होस्टेल बस्ने विद्यार्थीले खाना राम्रो नभएको गुनासो गर्दा विद्यार्थी कुटिएका हुन् ।

विद्यार्थीहरुले आइतबार राति खाना नभएको गुनासो गर्दा विद्यार्थी र विद्यार्थीका सञ्चालकहरुबीच घम्साघम्सी परेको थियो । त्यसपछि आज बिहान त्यहीँ निहुँमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटेका हुन् ।
शिक्षकको कुटाइबाट गणेशमानचारनाथ नगरपालिका वडा नं.७ उम्राटाेल गाेदारका रामशरण यादबकाे छाेरा आन्नद यादब ह्वाइट हाउस स्कूलमा होस्टेल बस्दै आएकाे र नर्सरी देखि पढदै आएकाे अहिले कक्षा १० मा पढदै आएका छन ।
शिक्षकले विद्यार्थी आन्नदलाई गुन्डा सैलिमा कुटपिट गरी घाइते बनाएका छन् । उनको मिर्चैयास्थित एक अस्पतालमा उपचार गरिएको छ । विद्यालयको ज्यादतीविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थी कुट्ने शिक्षक श्रवण साह प्रहरीको नियन्त्रण रहेकोे र अरू दुई जना मान्छेले शिक्षक श्रवणलाई विद्यार्थी कुटपिटमा साथदिनेलाई खाेजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिबहादुर ओलीले बताए । मिर्चैयाका अधिकांश विद्यालयमा होस्टेलमा बस्ने विद्यार्थीलाई पशु सरह गुणस्तरहीन खानेकुरा दिने गरिएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *