
भाद्र-२६, सिरहा।
चार्ड पर्वलाई लक्षित गर्दै नेपाल भारत सिमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था काडा साथ सशस्त्र प्रहरीले भारीमात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।
सिरहा सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.का गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाको निर्देशणमा खटिएका सशस्त्र प्रहरीले सिरहा नगरपालिका–६ वसविट्टाको कमला किनार हुदै भारतबाट नेपाल ल्याउदै गरेको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।
धनुषा–सिरहाको सिमानामा पर्ने कमला नदी हुँदै सिरहाको वसविट्टासम्म पटाका लिएर जादै गर्दा सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाले जानकारी दिए ।
बरामद भएको पटाका अन्दाजी करीब रु दुई लाख मूल्य बराबरको रहेको र त्यसलाई समाजसेवि,नागरिकसमाज, नेपाल प्रहरीका प्रतिनिधि,पत्रकारको रोहबरमा सशस्त्र प्रहरीले खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
सिरहाली सशस्त्र प्रहरीले चाडपर्वको मुखमा विभिन्न घटनाबाट बच्न सबै सरोकारवाला निकायलाई सजग गराउँदै सर्तकता अपनाउन आग्रह गर्दै सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि महत्व दिएको र शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रणमा समेत विशेष निगरानी थालिएको सिरहाका सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाले बताए ।
Your email address will not be published. Required fields are marked *