गीतकार खान पावर इनटरनेशनल मिडिया नेपाल (पिम) द्धारा सम्मानित

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

२६ भाद्र ।
पावर इनटरनेशनल मिडिया नेपाल (पिम) ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेको अवसरमा गीतकार समीर खानलाई सम्मानित गरेको छ ।

मैथिली, नेपाली, हिन्दी, भोजपुरी लगायतका भाषाहरूमा थुप्रै गीतहरू लेखेका खानलाई पिम नेपालका अध्यक्ष माधवराज खरेलले काठमाण्डौमा एक कार्यक्रम बिच सम्मानित गरेका हुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भाद्र २५ गते शनिवार राजधानीमा कार्यक्रमको आयोजना गरिएको थियो ।

गीतकार खान सिरहा जिल्लाको लहान नगरपालिका -५ निवासी हुन ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *