सार्थक जीवन - कबिता

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

घृणा गरेर के गर्नु  माया गरेर हेर्नु
यसमा के मिठास छ।
मनको सुन्दर सिंहासनमा
जगदिश्वर को बास छ ।

दानवतालाई त्यागेर मानवता बनेर हेर्नु
यसमा के मिठास छ।
मनको सुन्दर सिंहासनको छेउमा
अहंकारी रावणको बास छ ।
घृणा गरेर के गर्नु माया गरेर हेर्नु
यसमा के मिठास छ ।
मनको सुन्दर सिंहासनमा
जगदिश्वर को बास छ ।

बेइमान बनेर के गर्नु परोपकारी बनेर हेर्नु
यसमा के मिठास छ।
दुराचारीलाई दुर भगाइ सत्कारी बनेर हेर्नु, यसमा के मिठास छ।
मनको सुन्दर सिंहासनमा
जगदिश्वर को बास छ।

मानव मानव एक हौ हामी
मानवताले सिकाउछ।
मानव मानव मा भेदभाव
दानवताले सिकाउछ।
पीडा दिएर के गर्नु 
पीडा सहेर हेर्नू यसमा के मिठास छ।
मानवताको पाठ सिकाउने
हाम्रा पुर्वज को ईतिहास छ।
घृणा गरेर के गर्नु माया गरेर हेर्नु
यसमा के मिठास छ।
मनको सुन्दर सिंहासनमा
जगदिश्वर को बास छ।

एक्लै भएर के गर्नु  संगठित भएर हेर्नु
यसमा के मिठास छ।
हाम्रा आउने सन्ततिहरुको
हामी माथी नै आस छ।
मनको सुन्दर सिंहासनमा
जगदिश्वर को बास छ ।

दीन ,दु:खीहरुलाई माया गरेर  हेर्नु
यसमा के मिठास छ।
मर्यादाको पाठ सिकाउने
श्री रामचन्द्र जी को पनि बनवास छ।
घृणा गरेर के गर्नु माया गरेर हेर्नु
यसमा के मिठास छ।
मनको सुन्दर सिंहासनमा
जगदिश्वर को बास छ।

     ?लेखक : राज कुमार साफी ?
     (उज्जवल समाज कल्याण समिति)
बिष्णुपुर गाउँपालिका-४(थल्हा),सिरहा।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *