सिरहा, २४ भाद्र।

सिरहा प्रहरीले लागु औषध र विभिन्न हतियार सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
भारततर्फबाट कमलाको किनारहुँदै कल्याणपुरतर्फ गईरहेको बेला माडर प्रहरीले सिरहा १७ कमला बाँधबाट कल्याणपुर २ का १९ वर्षिय पप्पु भन्ने सुमन मण्डललाई नियन्त्रणमा लिएको हो।
साइकलमा आईरहेका युवकलाई सङ्कालागि चेकजाँच गर्दा उनको साथबाट फालामको तरबार, फर्सा एक–एक थान, फाईटर रिङ्ग ६ थान, पेस्तोलजस्तो देखिने लाईटर एकथान र केही प्रतिवन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिए।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Your email address will not be published. Required fields are marked *