
भदाै -१६, सिरहा।
बुधबार रातिको वर्षाले गर्दा सिरहाका अधिकांश भागमा आवात जावत प्रभावित भएको छ ।
वर्षेनी सडक विस्तार र मर्मतको लागि करोडौँ रकम निकाशा गरेर आम जनताको मुख्य आवश्यकताकाे रूपमा रहेको सडकमा बालुवा पस्केर आँखामा धुलो हाल्ने कामको ज्वलन्त उदाहरण बनेको छ , सिरहा जिल्लाको आदर्श नमुना बिष्णुपुर गाउँपालिका वडा नम्बर १ को कालाबन्जर टोल ।

उक्त ठाउँमा बर्षेनि सडक मर्मत सम्भारको नाउँमा लाख मात्र होईन करोडौ रकम निकासा हुन्छ तर ति बजेट सकिन्छ विकास कहा गएर अल्झिन्छ थाहा हुँदैन ।
आम स्थानिय जनताले पुराना अध्यक्षबाट सास्ती खेप्दै आएपनि नया गाउँपालिका अध्यक्ष आएपछि बिकासमा नयाँपनको आशा गरेकै हुन तर विडम्बना आफनै तालमा नाचिरहेका छन् ।
विद्यालय आवात जावतमा स्कुले बाल-बालिकाहरुले सडकमा जुता खोलेरै हिँड्नुपर्ने बाध्यता कायमै छ । समयमा विकाशको चासो नराख्ने अनि असार साउनको बेलामा बजेट पचाउनको लागी गरिने भदौरे विकाशले गर्दा आम स्थानियले बर्सेनि सास्ती भोग्नु पर्ने भएकोले यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्न जरुरी देखिएको
छ ।
source mratna
Your email address will not be published. Required fields are marked *