
सिरहा, १६ भाद्र।
सिरहाको गोलबजारमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ।
पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नपा ६ ग्रामिण बजरका ४२ वर्षिय विजय साह र उनका छोरा १९ वर्षिय अमनको मृत्यु भएको हो।
इनारभित्र राखेको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेका बुबालाई छु्याउन गएका छोरालाई पनि गरेन्ट लागेर गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्पेक्टर राजु केसीले जानकारी दिए।
पानी परेर इनार भरिएपछि सफा गरेर तार मिलाउन इनारमा पसेको बताइएको छ।
करेन्ट लागर घाइते दुवैजनालाई तत्काल उपचारको लागि स्थानिय भुमिजा अस्पताल पुर्याएका थिए। त्यहा उपचार सम्भव नभएपछि थप उपचारको लगि प्रदेशिक अस्पताल लहान लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ।
Your email address will not be published. Required fields are marked *