६ भाद्र, लहान ।

यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित तथा यात्रुमैत्री बनाउने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाले लामो दुरीका रात्रीकालीन यात्रुवाहक सवारी साधन लक्षित गरि चेकजाँच गरेको छ ।
चेकजाँचको क्रममा सवारी साधनसँग सम्बन्धित काजगातहरु अद्यावधिक भए नभएको साथै निर्धारित भाडादर बमोजिम भाडा लिए नलिएको, सम्बन्धित यातायात व्यवसायीले यात्रुलाई टिकट उपलब्ध गराए नगराएको, तोकिए बमोजिमका सुविधा दिए नदिएको, निर्धारित भाडादर यात्रुले देख्ने गरी सवारी साधनमा टाँस गरे नगरेको आदि चेकजाँच गरिएको हो ।
चेकजाँचको क्रममा यातायात आचार संहिता, २०६७ पालना नगरेका सत्र बढि सवारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिनुका साथै निर्धारित भाडादर बमोजिम भाडादर भन्दा बढि भाडा लिने सवारीलाई बढि लिए बमोजिमको रकम असुलउपर गरि सम्बन्धित यात्रुलाई फिर्ता गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए ।
त्यसका साथै चालिस बढि सवारीसाधनका चालक, सहचालक तथा यात्रु समेत गरि अन्दाजी १५० जनालाई ट्राफिक सचेतना समेत प्रदान गरियो ।
Your email address will not be published. Required fields are marked *