
सोनु मिश्रा
भादौ -६ सिरहा।
सिरहाको बिष्णुपुर गाउँपालिका बिष्णुपुरमा सञ्चाालनमा रहेको अवैध भट्टि र मदिरा पसलहरुबाट मासिक रुपमै ईलाका प्रहरी कार्यालय विष्णुपुरका इन्चार्ज राजाराम यादबले पैसा असूली गरिरहेका छन।
अवैध रुपमा सञ्चालनमा रहेको भट्टि र मदिरा पसलहरुबाट ५ हजार देखी १० हजार सम्म प्रति महिना लिने गरेको एक व्यापारीले बताए ।
नाम नखोल्ने शर्तमा उक्त व्यापारीले महिना लाग्ने वितिक्कै पैसा जम्मा गर्नुपर्ने हुन्छ,अन्यथा साझ पर्न साथ पसल बन्द गर जस्ता विभिन्न वहाना बनाई दुख दिने गरेको बताए ।
जबकी हामी मदिरा विक्रि वितरण गर्न राति ८ बजे सम्म गर्ने गरेका छौ,ग्राहक भएको बेला होहल्ला आएर गरिदिने र हप्काउने गर्ने गरेको छ । यस्तो क्रियाकलापबाट हामी ब्यापारी आजित भएको बताए ।
ईलाका प्रहरी कार्यालय बिष्णुपुर मातहत रहेको ठाँउ भित्र हाल आधा दर्जन भन्दा बढि अबैध भट्टि र करिब दुई दर्जन भन्दा बढि मदिरा पसल रहेको छ ।
प्राय सबैजसो मदिरा पसलमा घरेलु मदिरा छयाप–छयाप्ती पाईन्छ । जसको कारणले पेट दुख्ने,वाक–वाकी लाग्ने गरेको र विभिन्न जघन्य विमारीको सिकार भईरहेको पाईन्छ ।
राति राति मदिरा पसलमा हो हल्ला भएर होटेल नजीकको घरहरुलाई कोलाहल बनाउने गरेको त्यहाको स्थानीयहरुले बताए ।
साथै बिष्णुपुर बजार मै केही दिन अगाडि एउटा पसलमा आगलागी हुँदा समेत इन्चार्ज राती घटना स्थलमा न आएको व्यपारीहरुले गुनासो गरेका छ्न।
यता,इन्चार्ज यादबलाई बसि बसि लाखौं रुपैया मासिक रुपमै पाईरहेकोले पटक पटक गुहार गर्दा देखेर पनि नदेखेझै गर्ने गरेका छन ।स्थानीयहरुले बताउने गरेका छ्न।
Your email address will not be published. Required fields are marked *