
भादौ -४ सिरहा।
प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
लहान नगरपालिका–१९ कटहाबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित लक्ष्मीपुरपतारी गाँउपालिका–६ का ३२ वर्षीय निरन्जन यादवलाई पक्राउ गरेको हो।

स ५ प ७७५५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा यादवको साथबाट फेनरागन एक हजार एम्पुल, डाईजिपाम ४८७ एम्पुल र ब्युप्रिनोर्फिन ४४८ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभास बुढाथोकीले जानकारी दिए।
पक्राउ परेका यादवलाई थप अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ।
Your email address will not be published. Required fields are marked *