सिरहाका साँसद गिरीको अवस्था गम्भिर, भेन्टिलेटर निकालियो

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा , ४ भदौ ।

सिरहा क्षेत्र नम्बर १ का साँसद तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज अबेर राती भेन्टिलेटर निकालिएको छ । अस्पतालमा श्रीमती भारती सिलवालले रुघिरहेकी छन् ।
यसअघि गिरिको सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको थियो ।
साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनलाई आइसियूमा राखिएको थियो ।
उनको परिवारका एक सदस्यले दिएको जानकारीअनुसार पछिल्लो समय गिरिको स्वास्थ्यमा थप समस्या देखा परेको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुगेका थिए । त्यसयता कांग्रेस नेताहरू र गिरिका शुभचिन्तक उनलाई भेट्न गइरहेका छन् ।
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि शुक्रबार गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न मेडिसिटी पुगेका थिए । अस्पतालबाट फर्किएपछि निधिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्– आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रो पटक हेरेर बाटोमा फर्कदै छु । स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं ! गिरिको स्वास्थ्यमा थप समस्या भएकोले भेटघाट र भीडभाड नगर्न आग्रह गरिएको परिवारका ती सदस्य बताउँछन् ।
स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा गिरि उपचारका लागि भारतको मुम्बई गएका थिए । करिब एक वर्ष उपचारपछि गिरिलाई यही साउनमा स्वदेश ल्याइएको थियो ।
गिरिको घाँटीमा क्यान्सर भएको छ । साथै निमोनिया पनि देखिएको छ । निमोनिया देखिएपछि मेडिसिटी अस्पतालमा राखेर उनको उपचार जारी छ ।
अस्पतालका डाक्टर पंकज वर्मनसहित चिकित्सक टोलीले गिरिको उपचार गरेका छन् ।
घाँटीमा देखिएको क्यान्सर पछिल्लो समय शरिरका अन्य भागमा पनि फैलिँदै जाँदा र निमोनियासमेत हुँदा गिरिलाई थप समस्या देखिएको हो । ‘निमोनिया निको नभएको र क्यान्सर शरिरको अन्य भागमा पनि फैलँदा अवस्था बिग्रिएको छ,’ परिवारका ती सदस्यले भने,‘डाक्टरहरूले आफ्नो प्रयास जारी राख्नुभएको छ ।’ यसैबीच, सामाजिक सञ्जालमा आज दिनभरी गिरीको स्वाथ्यलाभको कामना गरिएको छ । कतिले साँझतीर हार्दिक श्रद्धाञ्जली पनि दिएको उल्लेख छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *