
सुरेश राय -
सिरहा,०३भदौ ।
कृष्ण जन्म अष्ठमीको उपक्ष्लयमा सिरहाको चोहर्वामा ‘मटका फोड’ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा प्रथम गोलबजार नगरपालिका ७ धर्मपुरका जय कृष्ण टिम प्रथम भएका छन् । त्यसैगरी दोस्रो दसै महाजन टोलका सरोज सिङ्हको टिम र तेस्रो बिजेता गोलबजार नगरपालिका ९ गोबिन्दपुर टिम भएको मेला समितिका कोषा-अध्यक्ष सन्तोष रायले जान्कारी दिए ।
पहिलो चरनमा ४९ सकेन्डमा मटका फोडन जय कृष्ण टिम धर्मपुर सफल भएको थियो,दोस्रोमा ४० सकेन्डमा दशै महाजन टोलका सरोज सिङ ,तेस्रोमा ५६ सकेन्डमा गोबिन्दपिर टिम सफल भएको मेला समितिका सहयोगी पवन सिङ्ले जान्कारी दिए ।
विजेताहरुलाई क्रमशः प्रथम हुनेलाई २५००० हजार, दोस्रोलाई १५०००हजार र तेस्रो विजेतालाई ११००० हजार नगद सहित पुरसकार प्रदान गरेको मेला समितिका अध्यक्ष किशोरी यादबले जानकारी दिए । प्रतियोगितामा सातवटा समूहले भाग लिएका थिए । कार्यक्रमको सञ्चालन करन सिङ्ले गरेका थिए । प्रत्यक वर्ष कृष्ण जन्म अष्ठमीको उपक्ष्लयमा सिरहाको चोहर्वामा ‘मटका फोड’ प्रतियोगिता हुनेगरेको मेला समितिका सद्स्य रबिन्द्र सिङ्ले जानकारी दिए ।
मटकाफोड कार्यक्रमका प्रमुख अथिती गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम श्रेष्ठ , बिशिस्ट अथिती मावोबादी केन्द्रका प्रदेश सद्स्य -रामचन्द्र महतो लगायतको उपस्थिति रहेको मेला समितिका सहयोगी रामदुलार यादबले बताए ।
Your email address will not be published. Required fields are marked *