
सिरहा २८ साउन।
सिरहाको बिष्णुपुर बजारमा एक किराना पसलमा आगलागी हुँदा अन्दाजी ५० लाख मूल्य बराबरको धन–माल जलेर नष्ट भएको छ।
विष्णुपुर गाउँपालिका १ मा रहेको स्थानीय अमर यादवको किराना पसलमा गएराती आगलागी हुँदा पसलमा रहेको समान, नगद सहित करिव ५० लाख बराबरको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ।

पसलमा रहेको सामान, पसल रहेको घर क्षति सहित ५० लाखको क्षतिभएको प्रारम्भिक अनुमान भएपनि विवरण सहित निवेदन ल्याएपछिमात्र क्षति यकिन हुने जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी इन्सपेक्टर रामचन्द्र साहले जानकारी दिए।
मुकुन्द प्रसाद उपाध्यको घर भाडामा लिएर किराना पसल चलाउँदै आइरहेको यादवको किराना पसलमा विधुत सर्ट भएर आग्लागि भएको हुन सक्ने प्रहरिको अनुमान छ।

पसलमा कोही नवस्ने भएकोले ईलाका प्रहरी कार्यालय बिष्णुपुरका प्र. ब. ह. श्याम कृष्ण यादव र प्र. ह .रामायण शाह ले गस्ती गरीरहेको बेला आगो लागेको देखेपछि पसले र दमकललाई खवर गरेको बताइएको छ।
आगो स्थानीय प्रहरी,सशस्त्र प्रहरी , गोलबजार र सिरहाबाट गएको दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो।
Your email address will not be published. Required fields are marked *