
लहान, २३ साउन।
सिरहा प्रहरीले विभिन्न प्रतिवन्धित लागु औषध सहित लहानबाट दुईजना युवकलाई नियन्त्रण लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले लहान नपा ३ अस्पताल चोकको सगरमाथा होटेलबाट आईबार बेलुका लहान १ का ३० वर्षिय दिलिप साह र लहान ७ कै २८ वर्षिय गोपाल दासलाई नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट फेनरागन ९९१ एम्पुल, डाईजिपाम ९९१ एम्पुल, ब्युप्रिनोर्फिन ९९१ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले उनीहरुले प्रयोग गर्दैआएको स.६ प. ६३३ नम्वरको मोटरसाईकल, सानो सादा मोबाईल २ थान र ओपो कम्पनीको मोबाईल एक थान समेत बरामद गरेको छ।
लहान नपा ३ अस्पताल चोकको सगरमाथा होटेल एण्ड लजमा शंकास्पद लागु औषधको कारोवार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Your email address will not be published. Required fields are marked *