धनुषा: बिरेन्द्रबजारमा गाड़ी दुर्घटना ५ जना गम्भीर घाइते

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

साउन २३ ।
मधेश प्रदेशको धनुषा जिल्ला स्थित गणेशमान चारनाथ नगरपालिका नजिक वडा न -१ वीरेन्द्र बजारको गोलघर नजिक पुर्ब पश्चिम राजमार्गमा अग्नि यातायातको गाड़ी दुर्घटनामा परेका छन् ।

काठमाण्डौबाट काकडभिट्टा गैरहेको अग्नि यातायातको301-005 ख 9719 नम्बरको सुपर अग्नि नाईट बस दुर्घटना हुँदा ३३ यात्रु सबार बसको दुर्घटनामा परी १५ जना समान्य घाईते र ५ जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाईतेलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यलय भरतपुर धनुषा का प्रहरी नायक निरीक्षक मनोज कर्णले जानकारी दिएका छन् ।

काठमान्डौबाट हिँडेका उक्त बस बिहान करिब ४:०० बजेकाे समयमा दुर्घटनामा परेको थियो । बाकि यात्रु सकुशल घर पुगेका छन।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *