तीनै तहको सरकारसँग समन्वयगरी विपद प्राधिकरण गठन गर्नु आवश्यक छ : मुख्यमन्त्री राउत

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, १७ असार।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्राकृतिक प्रकोपबाट हुने धनजन क्षतिलाई न्यूनिकरण गर्न तीनै तहको सरकारको समन्वयमा छुट्टै प्राधिकरण गठन गर्नुपर्ने बताएको छ।

सिरहा र धनुषाको सीमाना छुट्याउने कमला नदीको पुर्वी किनारामा शुक्रवार श्री नम्वर २७ वाहिनी अड्डा सिरहाको आयोजनामा र मधेश प्रदेश सरकारको सहयोगमा प्रदेशस्तरीय विपद् प्रतिकार्य अभ्यास कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राउतले तराई मधेश विपद्को उच्च जोखिममा रहेको बताउँदै यसबाट हुने क्षेती न्यूनीकरणको लागि छुट्टै प्राधिकरण नै गठान गर्नुपर्ने बताएको हो।

उनले प्रदेश सरकार सवै खालको विपद् व्यवस्थापनको तीनै तहको सरकारसँग समन्य गरी छुट्टै प्राधिकरण निर्माण गर्नु पर्छ र त्यसमा सिईयो नियुक्त गरी विपद् रोकथाम र न्यूनिकरण सम्बन्धि कार्य अघि बढाउनुपर्ने पक्षमा रहेको बताए।

उनले भने, ‘हामी सवै तहको समन्वय होस, र देशको सातवटै प्रदेशमा यस्तो प्राधिकरण बनोस भन्ने पक्षमा छौं।’

उनले तीनै तहको सरकार समन्वय र सहकार्य गरी अघि बढ्न सके विपद्बावाट बर्षेनी हुने धनजनको क्षति कमगर्न सकिने विश्ववास व्यक्त गरे।

नदीको उत्खन्न र चुरे दोहनका कारण तराई मधेशका जिल्लाहरु विपद्को उच्च जोखिम रहेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘बाढी, पहिरो, गर्मिको समयमा आगलागी, जाडोमा शितलहर जस्ता विपद्का कारण बर्षेनि ठुलो धनजनको क्षति हुँदै आएको छ, यसलाई नियन्त्रण गर्न तीनै तहको सरकार सामुहिक रुपमा अघि बढ्नु जरुरी छ।’

बाढीजन्य प्रकोपका कारण बर्षेनी हुने धनजनको क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यले कमला नदीमा प्रदेशस्तरीय विपद् प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास गरिएको छ ।

कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास गरेका थिए।

कमला नदीको प्रतिकारात्मक रुपमा बिभिन्न भागमा बिभाजित गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले हेलिकप्टर, बोडिङ्ग, लाइफ ज्याकेट लगायतको सामग्रीको सहायतामा विपद् परेकाहरुको उद्धार सम्बन्धी अभ्यास गरेका थिए।

विपद्का समस्या पीडितलाई कसरी उद्धार गर्ने? बाढीमा पसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा कसरी लैजाने? घाईतेहरुको प्राथमिक उपचार कसरी गर्ने? उद्धारका क्रममा सुरक्षाकर्मीहरु आफु कसरी सुरक्षित हुने? विपद्का बेला के के कुरामा ध्यान दिने लगायतका बिषय वस्तुहरुलाई समेटेर सुरक्षाकर्मीहरुले विपद् पुर्वाभ्यास प्रस्तुत गरेका गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, सिरहा र धनुषाका प्रमुख जिल्ला अधिकारी क्रमशः लालबाबु कवाडी, सुरेन्द्र पौडेल सिरहा जिल्लाका बिभिन्न पालिकाका प्रमुखहरु, सुरक्षा निकायका अधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *