
जनकपुर, १३ असार।
धनुषा प्रहरीले गोली लोड गरिएको पेस्तोलसहित तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
धनुषा जिल्लाको नेपाल भारत सीमाक्षेत्र विदेह नगरपालिका १ महिनाथपुर बाट भारत बिहार जिल्ला मुजफ्फरपुर ७ साहेबगंजका २९ वर्षिय राहुल रंजन, २० वर्षिय उज्वल कुमार र २६ वर्षिय संजय कुमारलाई हतियार सहित पक्राउ गरेको हो।

जनकपुरबाट भारत तर्फ जाँदै गरेको बीआर ०६एपी ३००८ नम्बरको मारुति सुजुकी कारलाई चेकजाँच गर्ने क्रममा पेस्तोल फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

चेक जाँचको क्रममा प्रहरीले कारको अगाडि पट्टीको बायाँ साइडको सिट मुनि ‘मेड इन यूएसए’ लेखिएको ७.६५ एमएम १ राउण्ड गोली लोड गरेको पेस्तोल फेला पारेको बताएको छ।

पक्राउ परेका तीनैजनालाई कार र हतियारसहित आवश्यक कारबाहीकालागि ईलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको प्रहरीले जनाएको छ।
Your email address will not be published. Required fields are marked *