सिरहा:अबैध गाजा सहित दुई जना पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


असार -१२,सिरहा ।

सिरहामा अवैध गाजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१४ हात्तीढुङ्गा स्थित बिष्णुपुरकट्टीबाट खटिएको नेपाल प्रहरीको टोलिले स.३ प.७७९६ नं.को पल्सर मोटरसाईकल चेकजाँच गर्ने क्रममा गोलबजार नगरपालिका वडा नम्बर १ को अन्दाजी वर्ष ३० का चंखु सदा र वर्ष ३४ का राम सागर साहलाई खानतलासी गर्दा निज सँग करिब २७ किलो गाजा बरामद गरेका छन्।

निजलाई गाजा सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरीले बताएका छन् ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *