सिरहामा ज्येष्ठ मसान्त सम्मका लागि निषेधाज्ञा थप

  • star khabar
  • ४ महिना अगाडि
  • २४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


सिरहा,२०
स्टार खबर
सिरहामा लगाइएको निषेधाज्ञा ज्येष्ठ मसान्त सम्म का लागि थप गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र DCMC सिरहाको बुधबार बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा जेठ ३१ सम्मका लागी थप गरेको हो ।

सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । पछिल्लोपटक जेठ २१ गतेसम्म निषेधाज्ञाको समय थपिएकामा सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म लम्ब्याइएको प्रजिअ प्रदिप राज कणेँलले बताएका छ्न। बैठकले थपिएको निषेधाज्ञामा यति आवश्यक काम बाहेक मोटरसाइकल पनि चलाउन नपाउने निर्णय गरेको छ। प्र . जि . अ . प्रदीपराज कणेल अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको बताइएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *