सामूदायिक शिक्षामा सुधारको खाँचो छः राज्यमन्त्री यादव

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, २३ जेष्ट।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले शिक्षामा स्तरोन्नतीको लागि मन्त्रालयले योजनाहरु बनेको बताए । बिष्णुपुर गाउँपालिका ४ मा रहेको सामुदायीक विद्यालयको शिक्षा सुधारमा योगदान पुर्याएको भन्दै उज्वल समाज कल्याण समितिले आयोजना गरेको शिक्षक सम्मान तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै सामुदायीक शिक्षामा सुधार गर्न आफ्नोतर्फबाट योजनाहरु बनेको बताए।

उनले शैक्षिक सुधारको लागि शिक्षक कर्मचारीहरुले पाउने तलव सुविधाको विषयमा पनि आफूले पटक पटक आवाज उठाउने गरेको सुनाए।
मन्त्री यादवले भने, ‘बाल विकास शिक्षकको तलव वृद्धि, विद्यालयहरुको दवबन्दि मिलान, पूर्वाधार विकासको विषयमा आफूले सरकार र सदनमा आवाज उठाउँदै छु।’
उनले सामूदायिक शिक्षामा सुधारको लागि आफू जस्तोसुकै योगदान गर्न तयार रहेको बताए। उनलेभने, ‘मैले विशेषगरी अझै पनि सामुदायीक शिक्षामा सुधारको खाँचो छ, त्यसको लागि आफ्नोतर्फबाट सवैखालको पहल भईरहेको छ।’
विष्णुपुर गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवले पनि सामुदायिक शिक्षामा सुधारको लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास रहेने प्रतिबदता जनाए।
कार्यक्रममा उपाध्यक्ष गिता कुमारी सिंह, प्रमुख प्रशासकिय अधिकृत दिप कुमार यादव, सवै वडाका वडाअध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेकाे थियो।
सो क्रममा बक्ताहरुले उज्ज्वल समाज कल्याण समितिले सामुदायीक शिक्षाको विकास, विपन्नहरुको स्वास्थ्य उपचार जस्ता समाजिक कार्य गर्दै आएका छन्।
संस्थाका अध्यक्ष मिथलेश कापैरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको बताइएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *