सिरहा:वडा समितिले गरे पदभार ग्रहण

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

जेष्ठ -१५ सिरहा।
शशी कुमार मण्डल।

सिरहा ना.पा.वडा नं.१४ का नव निर्वाचित वडा अध्यक्ष उपेन्द्र मण्डलले एक कार्यक्रम बिच कार्यक्रम गरि पदभार ग्रहण गरिएको छ।

सिरहा नगरपालिकाका नगर प्रमुख (मेयर) डा.नबीन कुमार यादबको प्रमुख अतिथीत्यमा कार्यक्रम गरि पदभार ग्रहण गरीएको हो।
नव निर्वाचित जनप्रतिनिधिहरुले जन्म भावना अनुरूप काम गर्ने नगर प्रमुख यादव ले दाबी गरे।
गणतन्त्र दिवस को उपलक्षमा मा पदभार ग्रहन कार्यक्रम राखिनु को बेग्लै अर्थ रहेको प्रष्ट पार्दै नगर प्रमुख यादव ले भने" अबको दिनमा जनताले वास्तविक गणतन्त्रको अनुभूति गर्न पाउने छन्।
अघिलो कार्यकालका वडा अध्यक्ष देवरञ्जन गोइत ले एकलौटी निर्णय गर्दै तानाशाही शैलीमा विकास निर्माणका काम गरेको चर्चा गर्दै वक्ताहरुले त्यस्ता तनासाही र बेक्तिबादी प्रविधिको अन्त्य भएको बताएका छन्।

नव निर्वाचित वडा अध्यक्ष ले वडा समितिको सामुहिक विचारलाई मानेर जनप्रिय कामहरू गर्ने वक्ताहरुले दाबी गरे। यसै बिच वडा अध्यक्ष सगै वडा सदस्यहरु जमुना देवी पासवान, डोमा शाह, हरी यादव, सीमा देवी मण्डल लगायतले पदभार ग्रहण गरेको वडा सचिवले बताएँ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *