नेपाल पत्रकार महासंघ सिरहाका सचिव यादवलाई गरे ट्राफिक प्रहरी दुव्र्यवहार

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

जेष्ठ -११ सिरहा ।
नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादवलाई ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको छ । सिरहा सदरमुकामको मुखैमा अवस्थित ट्राफिक प्रहरी बिटका ट्राफिकले सचिव यादवलाई दुव्र्यवहार गरेको हो ।

सचिव यादव मंगलबार दिउँसो ४ बजेको समयमा सिरहातर्फ गइरहेका बेला ट्राफिक बिट अगाडि राजमार्गमा ट्राफिक चेकजाँच चल्दै थियो । चेकजाँचमा खटिएका ट्राफिक प्रहरी जवान चन्द्रशेखर कुमार साहले पत्रकार यादवलाई पनि रोकेर कागजात मागेपछि उनले सबै कागजात देखाए ।

त्यसपछि पत्रकार यादव त्यहाँबाट जान खोजे । तर, प्रहरी जवान चन्द्रशेखरले गाडीमा प्रेस किन लेखिएको भन्दै निहुँ खोज्न सुरु गरे । पत्रकार यादवलाई अनावश्यक कारण देखाएर तथानाम अपशब्द बोल्दै सडकमै बेइजति गरे ।

यहाँसम्म की उनले ‘मैले पत्रकारलाई तह लगाउन जानेको छु’ सम्मका कुरा भन्न भ्याए । ट्राफिक प्रहरी चन्द्रशेखरको दादागिरी यतिमै रोकिँदैन, उनले मोटरसाइकल त नियन्त्रणमा लिए नै, पत्रकार यादवको मोबाइल पनि खोसे ।

प्रहरीले सार्वजनिक स्थलमै यसरी दुव्र्यवहार गरेपछि पत्रकार यादव मोटरसाइकल र मोबाइल त्यहीँ छाडेर निस्किएका थिए । यो घटनाको नेपाल पत्रकार महासंघ सिरहा शाखाले निन्दा गरेको छ ।

महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवले जारी गरेको विज्ञप्तिमा यस घटनालाई पत्रकारितामाथिको आक्रमण र अपमान भनिएको छ । महासंघले उक्त प्रहरी जवानलाई कडा कारवाही गर्न माग पनि गरेको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *