सिरहा:अर्नमा गाउँपालिकाको अध्यक्षमा जसपाको अशोक कुमार यादव विजयी

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, ४ जेष्ठ।
सिरहाको अर्नमा गाउँ पालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार अशोक कुमार यादव विजयी भएका छन्। नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका चन्देश्वर मण्डललाई ४ सय २३ मतले पछि पार्दै जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादव निर्वाचत भएका हुन्।

अन्तिम परिणाम अनुसार ३ हजार ३ सय ३३ मत प्राप्त गर्दै यादव विजय हुँदा निकटतम प्रतिद्वन्द्वि चन्द्रश्वर मण्डलले २ हजार ८ सय १० मत प्राप्त गरेका छन्। जित्ने सुनिनिश्चिताको साथ उम्मेदवारी दिएका नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मण्डलले फराकिलो पराजय भोगेको छ। यस अघिको निर्वाचनमा पनि उनी दोस्रो स्थानमा थिए।

निवर्तमान गाउँ पालिका अध्यक्ष ठक्कु महतो कोईरी २ हजार २ सय २० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

गाउँ पालिकाको जम्मा ५ वटा वडा मध्ये एउटा नेकपा माओवादी केन्द्र र २/२ वटा जसपा र नेकपा एमालेले जितको छ।

वडा नम्वर १ मा नेकपा माओवादी केन्द्रको गफार मियाँ ९ सय १० मत ल्याएर विजय भएको छ।

नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका वडा नम्वर २ का दिपेन्द्र यादव ४ सय ७० र वडा नम्वर ४ का शिव शंकर यादव ५ सय ६१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

जसपाका तर्फबाट वडा नम्वर ३ मा उम्मेदवारी दिएका महेश यादवले १ हजार १ सय २७ र वडा नम्वर ५ बाट मनिकलाल यादव ५ सय ८८ मत प्राप्त गर्दै विजयी भएका छन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *