
जेष्ठ २ सिरहा।
सिरहा लाहन बाजारको नजिक ढोरना बीरनगर मा बैसाखी पूर्णिमा का दिन राजदेवी माता को पुजा अर्चना गरी भाकल अर्पण गर्ने परम्परा रहेको र धूमधाम संग मेला लागने गरेको छ।
सिरहा, उदयपुर, सप्तरी,सुनसरी लगायत भारत को बिहार राज्य का श्रद्धालु भक्तजन लाखौ का संख्या मा आऊने गरेका छन।

नेपाल आयुर्वेद औषधी व्यवसाय संघ सिरहा शाखा का अध्यक्ष वैध प्रिय रंजन उपाध्यायको नेतृत्व सम्पूर्ण टीम को सहयोग मा भीड़भार का बीच नि:शुल्क स्वास्थ्य, नि: शुल्क औषधी वितरण र नि: शुल्क पानी वितरण कार्यक्रम आयोजना गरी मानव सेवा गरेका थिए ।
उक्त कार्यक्रममा NADA मधेश प्रदेश का प्रदेश सचिव रोशन मिश्रको प्रमुख अतिथिकोरूप मा उपस्थित भई शिविरमा औषधी उपलब्ध गर्नु भएको थियोे । स्थानीय लागत बीबिध समस्या ले ग्रसित भक्त जन शिविर का माध्यम ले स्वास्थ्य सेवा प्राप्त गर्नु भएको छ।
Your email address will not be published. Required fields are marked *