सिरहा:विष्णुपुर गापा अध्यक्ष पदमा नेकपा एमाले र उपाध्यक्षमा जसपा विजयी

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, ३ जेष्ठ।
सिरहाको विष्णुपुर गाउँपालिकाको एउटै वडा जित्न नसकेपनि प्रमुख भने नेकपा एमालेले हात पारेको छ। निवर्तमान गापा अध्यक्ष जागेस्वर यादवलाई ४१ मतले पछि पार्दै नेकपा एमालेका सत्य नारायण यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

सत्य नरायण यादवले २ हजार १ सय ५८ मत प्राप्त गरेर विजयी हुँदा, उनका निकटतम प्रतिद्वन्द्विहरु निवर्तमान अध्यक्ष तथा जसपाका उम्मेदवार जागेश्वर यादवले २ हजार १ सय १७ मत र नेपाली काँग्रेसका उम्मेदवार कुशेश्वर यादवले १ जहार ९ सय ६० मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा भने जनता समाजवादीका गीता कुमारी सिंह विजयी भएकी छिन्। उनी २ हजार २ सय ७२ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्विहरु नेपाली काँग्रेसकी चन्द्र कला कुमारी यादवले १ हजार ९ सय ६९ र नेकपा एमालेका शान्ति देवी यादवले १ हजार ७ सय ६४ मत प्राप्त गरेकी छिन्।

पाँच वटा वडा रहेको यस पालिकामा ३ वटा नेपाली काँग्रेस र २ वटा वडामा जसपाका उम्मेदवार विजयी भएका छन्।

जसपाका भोगेन्द प्रसाद यादवले वडा नम्वर १ बाट ७ सय ९८ मत, जय कुमार यादवले ३ नम्वर वडाबाट ४ सय ८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

त्यसैगरी, नेपाली काँग्रेसका प्रमोद कुमार यादवले वडा नम्वर २ बाट २ सय ७७, रामबाबु यादव ४ बाट ९ सय १५ र जयनाथ मह्तो ५ नम्वर वडाबाट ६ सय १८ मत प्राप्त गरी निर्वाचित भएका छन्।

यस गाउँपालिकामा ६ हजार ८ सय ८८ पुरुष र ६ हजार १ सय ६४ महिला सहित १३ हजार ५२ मतदाता रहेपनि ९ हजार ७ सय २४ मात्र मतदान भएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *